जन्मजातै मान्छे सफल हुँदैनन् तर सफलताको चाबी बोकेर भने जन्मिएका हुन्छन् !

९९ प्रतिशत मान्छेहरू आफ्नो आन्तरिक शक्तिलाई नचिनेर कायरको जिन्दगी बाचिरहेकाछन् । उनीहरू आफूलाई त्यही सोच्दछन् जस्तो बाहिरबाट हेर्दा देखिन्छन्, एक समान्य व्यक्ती । उनीहरूले सधै आफूलाई चिन्न सक्दैनन् र ती १ प्रतिशतको गुलाम बनेर बस्छन्, जसले आफ्नो वास्तविक शक्तिलाई चिनेका थिए । एक पटक आफ्नो सामान्य स्थानबाट जागेर हेर्नुहोस् तपाई कहाँको कहाँ पुग्नुहुनेछ। 

इतिहास साक्षि छ । 

हिटलर को थिए, उनी भिखारी जस्तै थिए । बाउको सधै पिटाइ खान्थे । उमेरपुगेपछी नियममुताविक उनलाई सेनामा भर्ती गराइयो । उनलाई हेरेर अन्यले जिस्काउँथे, यो त लडाइको बेला कट्टु समातेर भाग्नेछ । तर जब उनी पहिलो विश्वयुद्धमा लड्नु या मर्नुको साँधमा आए उनले अभुतपूर्व विरता देखाए । किनभने उनीसँग तेस्रो विकल्प थिएन ।

उनले थुप्रै मेडल पाए । तर पनि जर्मनी प्रथम विश्वयुद्धमा नराम्रोसंग हारे । उनले यसलाई इखको रूपमा लिए, जर्मनी हार्न सक्दैन, मैले यसलाई जिताउनैपर्छ । र त्यहीँबाट त्यी भिखारी केटाले आफ्नो अन्तस्कारणको शक्ति प्रस्फूटित गरे । मनिसले उनलाई एडोल्फ हिटलर उर्फ फ्युहररका भुल्नै नसक्ने गरि चिने । उनकै इखले दोश्रो विश्वयुद्ध जन्मियो ।

कोही पनि जन्मजातै सफल हुदैन । तर सफलताको चाबी बोकेर भने जन्मिएका हुन्छन् । तपाई आज के हुनुहुन्छ, यसले केही फरक पार्दैन । उठ्नुहोस्, तपाई कहाँ पुग्ने तय गर्नुहोस् र आफ्नो आन्तरिक शक्ति जगाएर लम्कनुस त्यतैतर्फ ।

Comments

Back to top