रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, ४ जनाको मृत्यु
युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ ।
युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भएको हो ।
रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ ।
कीएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो । उद्धारकर्ताहरूले विद्यालयका निर्देशक, उपनिर्देशक, सचिव र लाइब्रेरियनको शव भग्नावशेषमुनि फेला पारेका थिए ।
युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले भने, “रोमीको एक विद्यालयमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
Comments