रविले भने- मलाई आएको सुचनाअनुसार सरकारकै उच्च अधिकारीदेखि पत्रकारको समेत संलग्नता छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा सरकारकै उच्च अधिकारीदेखि पत्रकार समेत संलग्न भएको सूचना आफूले पाएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने सरकारले सीआईबीलाई दोषीलाई छुटाउन दबाब दिनसक्ने आशंका व्यक्त गरे । उनले भने, ‘सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरिएको व्यक्तिलाई फोटो समेत पठाएको इमान्दार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन् ।
यसमा संलग्न विचौलियाहरुको पनि मलाई जानकारी गराएका छन् । त्यसको जानकारी सम्बन्धित निकायलाई मैले अवश्य गराउनेछु । यसको समाचार लुकाउनको लागि लामो समयदेखि पत्रकारिता गरेको मान्छे समेत संलग्न छन् । पूर्वप्रहरी प्रमुखको पनि कुराकानी दावासँग भएको सूचना प्राप्त भएको छ । यसमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु।’
Comments