थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा जेलमा

१५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई त्यहाँका अधिकारीहरुले जेल चलान गरेका छन् । मंगलबार बिहान निजी विमानमार्फत उनी स्वदेश फर्किएका थिए । 

थाइल्यान्डमा केही समयपछि नै निर्वाचन हुँदैछ । त्यसमा थाक्सिनको फेउ थाइ पार्टी प्रतिस्पर्धामा छ । 

थाइल्यान्डका लामो समय प्रधानमन्त्री रहेका थाक्सिनसँग विशेषगरी त्यहाँको राजतन्त्र त्रसित रहँदै आएको छ । त्यहाँका राजाले पटक–पटक उनको सरकारविरुद्ध ‘कु’ गरेका थिए । 

Comments

Back to top