सीआईबीले बुझायो ललितानिवास प्रकरणको अनुसन्धान प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितानिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

ललिता निवासको १४२ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिको नाममा सारेको प्रकरणमा सीआईबीले अनुसन्धान गरेको हो।

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएसँगै आज प्रतिवेदन बुझाएको हो ।

Comments

Back to top