बफेटको मूल मन्त्र : बालबालिकालाई बचत गर्ने शिक्षा दिनुहोस्, यो नगर्नु अभिभावक ठूलो गल्ती
वारेन बफेटलाई विश्वको सबैभन्दा ठूलो लगानीकर्ता मानिन्छ। उनको पैसा कमाउने आधारभूत मन्त्र जो कोहीको लागि लाभदायक हुन सक्छ। उनले बालबालिकाका लागि केही यस्ता आधारभूत मन्त्र दिएका छन् । छोराछोरीलाई शिक्षा सँगै पैसा बचतको आधारभूत शिक्षा पनि दिन थाल्नुपर्ने उनको भनाइ छ ।
बचतको शिक्षा जति चाडैँ दियो उति फाइदा
पैसाको मूल्य, आवश्यकता र इच्छाबीचको भिन्नता वा बचतको महत्त्व यी सबै यस्तो कुरा हुन् जुनसँग बालबालिकाहरूले सानै उमेर सामना गर्छन् । त्यसैले जति चाँडो तिनीहरूको बारेमा उनीहरूलाई बताइयो, राम्रो हुन्छ। बालबालिकामा स्वस्थ आर्थिक बानीले उनीहरूको सफल भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ। बफेटले बच्चाहरूको लागि एनिमेटेड श्रृंखला ‘सेक्रेट मिलियनेयर क्लब’मा वित्त व्यवस्थापन र बचत सिकाउन मद्दतसमेत गरे ।
कसरी बचत सुरु गर्ने ?
पैसा बचत गर्नु भनेको पैसा कमाउनु जस्तै हो। बच्चाहरूलाई चाहना र आवश्यकताबीचको भिन्नता सिकाउनुहोस्। खेलौना उनीहरूको चाहना हो भने झोला उनीहरूको आवश्यकता हो। इच्छाहरू घटाएर उनीहरूले बचत गर्न सक्छन्।
भ्यालु र मूल्य कसरी फरक गर्ने
हामी एक प्रसिद्ध ब्राण्डको जुत्ता वा ग्याजेटको लागि उच्च मूल्य तिर्छौं, जब कि हामी उही चीज कम मूल्यमा किन्न सक्छौं। बच्चाहरूलाई सिकाउनुहोस् कि कुन चीज कति मूल्यवान छ र त्यसको भ्यालु कति छ ।
कसरी स्मार्ट निर्णय गर्ने ?
छोराछोरीहरूलाई आफ्ना निर्णयहरूले भविष्यमा पार्ने प्रभावहरूमार्फत स्मार्ट निर्णयहरू लिन तयार गर्न सकिन्छ । उनीहरू पुस्तक किन्नुको सट्टा, तिनीहरू पुस्तकालयबाट प्राप्त गर्न विचार गर्न सक्छन्।
३–४ वर्षका बच्चाहरू यी कुरा बुझ्न सक्षम हुन्छन्
अनुसन्धानले बफेटको कुरामा समर्थन जनाएको छ । अनुसन्धानका अनुसार मस्तिष्कको ८० प्रतिशत विकास ३ वर्षको उमेरमा हुन्छ । क्याम्ब्रिज युनिभर्सिटीको एक अध्ययनअनुसार बालबालिकाले ३–४ वर्षमा पैसाको आधारभूत कुरा बुझ्न सक्छन् । तर अभिभावकमा गरिएको सर्वेक्षणले ५ वर्षको उमेरअघि मात्र ४ प्रतिशत अभिभावकले बालबालिकासँग आर्थिक विषयमा कुरा गर्ने गरेको देखाएको छ । ३० प्रतिशतले १५ वर्षपछि गरे जबकि १४ प्रतिशतले यो कुरा कहिल्यै सिकाएनन् ।
Comments