सुन तस्करी प्रकरण : थप ४ जना चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा प्रहरीले थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेङकाई रहेका छन्। उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत लगेर थप गरिएको छ।

यस प्रकरणमा थप ४ जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

Comments

Back to top