रुसको आर्थिक वृद्धि झण्डै पाँच प्रतिशत, २०२४ भित्रै अर्थतन्त्र युद्धअघिकै अवस्थामा फर्किने प्रक्षेपण
सन् २०२३ को दोस्रो त्रैमासमा रुसको अर्थतन्त्र चार दशमलव नौ प्रतिशतले बढेको छ । रुसको तथ्याङ्क कार्यालय ‘रसस्टाट’ले लगातार चौथो त्रैमाससम्म वृद्धि हासिल गरेको जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा राष्ट्रद्वारा लगाइएका आर्थिक प्रतिबन्धहरुको मारमा परेको थियो । यहीकारण सन् २०२२ को दोस्रो त्रैमासमा रुसी अर्थतन्त्र चार दशमलव पाँच प्रतिशतले संकुचित भएको थियो । रुसको बढ्दो रक्षा खर्चले औद्योगिक उत्पादन प्रभावित भएको थियो । तर पछिल्लो समय उपभोक्ताको माग बढीरहेका कारण अर्थतन्त्र उकास्न मद्दत पुगेको देखिन्छ ।
रुसमा सन् २०२४ भित्रै अर्थतन्त्रको आकार युद्धअघिकै अवस्थामा फर्किने प्रक्षेपण गरिएकोे छ ।
Comments