सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धन दलहरूको बैठक जारी छ । बिहान साढे ९ बजेबाट जारी बैठकमा गठन्धनसम्बद्ध सबै दलका प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा संसद्‌को गतिरोध अन्त्य, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरणलगायतका एजेन्डामाथि छलफल भइरहेको छ ।

साउन १० गतेयता प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ । एमालेले मुख्यगरी सुन प्रकरणको विषयलाई लिएर उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेको छ । यता सरकार भने त्यसमा तयार छैन।

Comments

Back to top