कक्षा १२ को नतिजा सार्वजनिक, ३ प्रतिशतले सुधार

यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बताए ।

बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । 

Comments

Back to top