तस्करीको सुन गालेपछि ६० किलो ७ सय १६ ग्राम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । जसअनुसार वास्तविक सुन ६० किलो ७१६ ग्राम रहेको पाइएको छ ।
यसअघि विभागले ब्रे शुमा लुकाएर ल्याइएको एक क्विन्टल सुन समातिएको दाबी गरेको थियो । तर, राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो ७ सय ८९ मात्रै सुन पाइएको थियो । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुन गाल्दा केही ग्राम घटेको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए । उनका अनुसार वास्तविक सुन ६० किलो ७१६ ग्राम छ ।
सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो । असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो ।
१६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो ।
Comments