सत्ता गठबन्धन बैठक : सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय
सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो ।
नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर सत्ता गठबन्धनको बैठकले एमालेको माग सम्बोधन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेता, काँग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेता तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायत शीर्ष नेताहरू उपस्थिति थियो ।
Comments