गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए अनशन बस्ने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने घोषणा गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकको सुरुआतमा नै बोलेका उनले यो देशमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले आतंककारीको नेतृत्व गरेको कि प्रजातान्त्रिकको भनी प्रश्न उठाए।

शर्माले आफूलाई पक्राउ पुर्जी समेत नदिएर थुनिएको गुनासो सुनाए।

Comments

Back to top