कलियुगको बारेमा के भविष्यवाणी गरिएको छ भागवत पुराणमा ?

श्रीमद्भागवत पुराण हिन्दू समाजको सर्वाधिक आदरणीय पुराण हो। यो वैष्णव सम्प्रदायको प्रमुख ग्रन्थ हो। यस ग्रन्थले वेद, उपनिषद तथा दर्शन शास्त्रको गौण एवंम रहस्यमय विषयहरुलाई अत्यन्त सरलताको साथ दर्शाउँदछ।

यसलाई हिन्दु धर्म र संस्कृतिको विश्वकोष भनिन्छ। करोडौँ  वर्ष देखि यो पुराणले  हिन्दू समाजको धार्मिक, सामाजिक र लौकिक मर्यादा स्थापनामा महत्वपूर्ण भूमिका रहेको छ ।

तपाईलाई यो जानेर आश्चर्य हुनसक्छ कि कलियुगमा के-के घटना हुनेछ भनेर यसको भविष्यवाणी भागवत पुराणमा धेरै बर्ष पहिलानै लेखिएको छ । हेरौँ भागवत पुराणमा भविष्यवाणी गरिएका केहि तथ्यहरु ।

धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन अवधि, शारीरिक शक्ति र स्मृति प्रत्येक मानिसमा दिन-दिनै घटदै जानेछ ।

कलियुगमा धन सम्पति हुने मानिसलाई गुणी मानिनेछ र कानून, न्याय केवल एक शक्तिको आधारमा लागू हुनेछ।

यस युगमा पुरूष र स्त्री साथ-साथै बस्नेछन् र व्यापारमा सफलता छलमा निर्भर हुनेछ ।

पहिलाको समयमा जो ब्राह्मण थिए उनिहरुले आफ्नो शरीरमा धेरै कुराहरु धारण गर्दथे भने कलियुगमा ति मानिसहरु एक धागा जनाई मात्र लगाएर आफुलाई ब्राह्मण हुँ भनेर दावि गर्नेछन् ।

जो व्यक्ति धेरै चलाख र स्वार्थी हुन्छन् उनीहरु यस युगमा धेरै विद्वान मानिनेछन् ।

यस युगमा जो व्यक्तिसँग धन हुँदैन उ अधर्मी, अपवित्र र बेकारको मानिनेछ  ।

विवाह एक सम्झौता मात्र हुनेछ पुरूष र स्त्री बीच।

मानिसहरु नुहाएरनै अन्तर आत्माबाटनै सफा सुघर रहेको सम्झने छन् ।

पेट भर्नुनै मानिसहरुको लक्ष्य हुनेछ । मनुष्यको सुन्दरता उसको कपालमा हुने मानिनेछ ।

पृथ्वी भ्रष्ट मानिसहरुले भरिनेछ र मानिसहरु सत्ता हासिल गर्नको लागि एक अर्काको ज्यान लिनेछन् ।

अकाल र अत्याधिककरण द्वारा परेशान, मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्।
पृथ्वी सुख्खा हुनेछ।

मौसम परिवर्तन भएर  चिसो, हावा, गर्मी, पानी र हिउँले  मानिसलाई  चिन्तित बनाउनेछ ।

 

Comments

Back to top