माधव नेपाल युरोप भ्रमण छोट्याएर आजै स्वदेश फर्कँदै

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज सोमबार स्वदेश फर्कदैछन्।

म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै आज विहान १० बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेने तालिका छ । पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएलगतै उनी फर्कन लागेका हुन्।

युरोप भ्रमण छोट्ट्याउनै सोमबार नेपाल फर्कने उनको सचिवालयले जनाएको छ। स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा बसेका थिए ।

Comments

Back to top