रोनाल्डोले साउदीमा पहिलो उपाधि जिते

साउदी अरेबिया पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा पहिलो उपाधि जितेका छन्।

गत सिजन म्यानचेस्टर युनाइटेड छाड्दै साउदी प्रो लिग क्लब अल नासेरसँग अनुबन्धित भएका रोनाल्डोले शनिबार राति अरब च्याम्पियन्स कपको ट्रफी हात पारेका हुन् ।

फाइनलमा उनले महत्त्वपूर्ण दुई गोल गरेपछि अल नासेरले अतिरिक्त समयमा अल हिलाललाई २-१ ले हराएको थियो।

रोनाल्डोले पहिलोपटक जितेको प्रतियोगितामा अरबका शीर्ष क्लबहरूबीच प्रतिस्पर्धा हुने गर्छ । साउदी अरेबियासँगै कतार, संयुक्त अरब इमिरेट्स (युएई), इराक, मोरक्को, ट्युनिसिया र अल्जेरियाले प्रतिस्पर्धा गर्नेछन् । इंग्लिस क्लब युनाइटेडका प्रशिक्षक एरिक टेन हागसँग आन्तरिक द्वन्द्व बढेपछि उनी गत माघमा अल नासेरमा कीर्तिमानी मूल्यमा अनुबन्धित भएका थिए । साउदीमा पाइला राखेको वर्ष उनी उपाधिविहीन भए ।

३८ वर्षीय रोनाल्डोसम्मिलित अल नासेर साउदी प्रो लिगमा उपविजेता हुँदा अल इत्तिहादले उपाधि जितेको थियो ।

Comments

Back to top