सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गरेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोधमा बोल्नेहरूलाई अनेक बहानामा दुःख दिइएको आरोप लगाएका छन्।
शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाए।
सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको ओलीको आरोप थियो।
एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गरेको ओलीले आरोप लगाए।
उनले भने, ‘‘मैले प्रधानमन्त्रीलाई भनेँ यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति, उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मजा लागेको छ । तर यो राजनीति यहाँ अन्त्य हुँदैन, उहाँहरूले बुझ्नुपर्छ यो त सुरु मात्र भयो।’’
Comments