कोशी सरकारमा जसपा सहभागी, निर्मला बनिन् मन्त्री

जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी छन्। मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन्।

लिम्बूले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिएकी छन्।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाबाट एक्ली सांसद हुन्। उनी दोस्रोपटक प्रदेशको मन्त्री बनिन्। यसअघि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्यमन्त्री नै थिइन्।

प्रदेशको नाम कोशी राखेको विषयमा असहमति जनाउँदै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन गत जेठ १७ गते फिर्ता लिँदै जसपाले उनलाई फिर्ता बोलाएको थियो। पुनः लिम्बू मन्त्री बनेपछि कोशी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ।

 

Comments

Back to top