विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । 

बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् । 

उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो । 

प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९/०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।
 

Comments

Back to top