नेप्सेमा ४४.४५ अंकको वृद्धि, ३ अर्ब ७१ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २,५०८.४५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१९ कम्पनीको कुल ९७ लाख १७ हजार ९५९ कित्ता सेयरको करिब ३ अर्ब ७१ करोड ५३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ, ३३ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सीइडिबी हाइड्रोपावर डिभलप्मेन्ट कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा प्रभु सेलेक्ट फण्ड रहेको छ जसको सेयर मूल्य ९.३६% ले घटेको छ। कारोबार रकमका आधारमा सीइडिबी हाइड्रोपावर डिभलप्मेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ६९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै सिटिजन्स् सुपर ३० मुयुच्युअल फण्डको कारोबार भयो।

Comments

Back to top