बङ्गलादेशमा डेंगी प्रकोप: तीन सय बढीको मृत्यु
बङ्गलादेशमा डेंगी संक्रमण प्रकोपको रूपमा देखा परेको छ । संक्रमणबाट अहिलेसम्म तीन सय बढी जनाको मृत्यु भएको छ भने चौसट्ठी हजार बिरामी भएका छन् ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ । डेंगी लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।
दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेंगीबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ ।
गत महिना दुई सय चार जनाको मृत्यु भयो भने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए ।
Comments