पाकिस्तानमा रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो
पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देशलाई हल्लाएको छ ।
हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दर्दनाक दुर्घटना हुँदा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।
मिडिया रिर्पोटका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
जियो न्यूजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेशन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको थियो, जहाँ उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको संख्या अझै बढ्न सक्ने जनाईएको छ ।
जियो न्यूजको रिपोर्ट अनुसार स्थानीय प्रशासनका अनुसार दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ ।
Comments