नेवा सम्पदा संरचनामा पीएचडी गर्दै मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेवा सम्पदा संरचनामा पीएचडी गर्ने भएका छन्।

काठमाडौं विश्वविद्यालयले प्रदान गर्ने केयू रिसर्च फेलोसिपअन्तर्गत मेयर शाहले पीएचडी गर्न लागेका हुन्।

विश्वविद्यालयले फेलोसिप प्रदान गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'मेरो पीएचडीको लागि फेलोशिप प्रदान गर्नुभएकोमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद। साथीहरू, अब ३ वर्षमा डा बालेन।'

उनले नेवा सम्पदा संरचनाको संरक्षणका लागि उक्त विषयमा पीएचडी गर्न लागेको जानकारी दिएका छन्। पर्यटन र अर्थतन्त्र उकास्न उक्त विषयमा पीएचडी गर्न लागेको उनले बताएका छन्।

Comments

Back to top