इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकु बिच हिंसात्मक झडप, लगाईयो संकटकाल

इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ, जसले स्थिति तनावपूर्ण बनाएको छ। 

हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले ‘तनाब स्थितिले झन् गम्भीर रूप लिइरहेको’ बताएका थिए ।

स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताए पछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार भएको संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन । सरकारले गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा खतरा दिनप्रतिदिन बढ्दै गएको भने उल्लेख गरिएको छ ।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव देखिएको छैन । त्यसपछि सरकारले यस्तो निर्णय लिनुपरेको हो।

 

Comments

Back to top