युक्रेनी काउन्टर अफेन्सिभ फेल, दुई महिनामै युक्रेनले ४३००० सैनिक गुमायो

युक्रेनी काउन्टर अफेन्सिभ फेल सावित भएको छ । रुस विरुद्ध युक्रेनले गर्ने भनिएको र निकै आक्रामक हुने ठानिएको युक्रेनी काउन्टर अफेन्सिभ अपरेशन पुरै फेल भएको रुसी रक्षा मन्त्रालयले बताएको छ ।

रुसी रक्षा मन्त्रालयले काउन्टर अफेन्सिभ अपरेसनको क्रममा युक्रेनी हताहतको विवरण सार्वजनिक गरेको छ ।  किभले जुन महिनामा रुसी अड्डाहरू विरुद्ध आक्रमण सुरु गरेदेखि ४३,००० जना भन्दा बढी सेना गुमाएको मस्कोले जनाएको हो।

युक्रेनले रुसले कब्जा गरेका स्थानहरूमा प्रतिआक्रामक प्रयास जारी राखेको छ, रुसी रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी गरिएको संक्षिप्त विवरण अनुसार ठूलो संख्यामा युक्रेनी हतियारको नष्ट हुनुले हताहत दरलाई प्रतिबिम्बित गरेको थियो।

दुई महिनाको अवधिमा अमेरिका सहित नाटो देशबाट युक्रेनलाई सयहोग युक्रेनी ४९०० भन्दा बढी भारी हतियारहरू नष्ट भएका छन् ।  २५ जर्मन निर्मित लेपर्ड मुख्य युद्ध ट्याङ्कहरू, सातवटा फ्रान्सेली–निर्मित AMX व्हील्ड ट्याङ्कहरु र २१ यूएस निर्मित ब्राडली इन्फन्ट्री फाइटिंग भेहिकलहरू रहेको रुसी रिपोर्टले बताउँछ।

Comments

Back to top