बेइजिङ र हेबेईमा आएको वर्षाले दश लाख विस्थापित
चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो ।
उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
शहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ ।
शनिबारदेखि झुओझोउमा औसत वर्षा ३ सय ५५ दशमलव १ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
चीनको राजधानी र आसपासका क्षेत्रमा शनिवारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् ।
Comments