सन् २०३० सम्म भारतको प्रतिव्यक्ति आय चार हजार डलर पुग्ने

सन् २०३० सम्म भारतको प्रतिव्यक्ति आय चार हजार डलर पुग्ने एक रिपोर्टले देखाएको छ । स्टान्डर्ड चार्टर्डले गरेको एक अध्ययनले अबको छ वर्षमा भारतको प्रतिव्यक्ति आम्दानी ७० प्रतिशतले बढ्ने देखाएको छ ।

अहिले भारतको प्रतिव्यक्ति आम्दानी दुई हजार चार सय ५० अमेरिकी डलर छ । चार्टर्डको रिपोर्टले सन् २०३० सम्म ६० खर्ब डलर कुल गार्हस्थ्य उत्पादनसहित भारत मध्यम आय भएको अर्थतन्त्र बन्ने पनि उल्लेख गरेको छ । अहिले भारतको कुल गार्हस्थ्य उत्पादन ३५ खर्ब डलर रहेको छ ।

रिपोर्टले बाह्य व्यापारले भारतको आर्थिक वृद्धिलाई उकास्ने पनि उल्लेख गरेको छ । सन् २०२३ मा १२ खर्ब डलर रहेको बाह्य व्यापार सन् २०३० सम्म २१ खर्ब डलर पुग्ने अनुमान गरेको छ । बाह्य व्यापारपछि घरेलु उपभोगले पनि भारतीय अर्थतन्त्रको वृद्धिमा सघाउ पु-याउनेछ । अहिले २१ खर्ब डलरबराबरको उपभोग रहेकामा सन् २०३० सम्म ३५ खर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ । रिपोर्टले तेलंगना, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात र आन्ध्र प्रदेशको प्रतिव्यक्ति आय करिब छ हजार डलर पुग्ने अनुमान गरेको छ ।

Comments

Back to top