अमेरिकाले पुनः बढायो ब्याजदर, विश्व सेयर बजारमा असर पर्न सक्ने सम्भावना!

निरन्तर बढ्दो महँगीका कारण फेडरल रिजर्भ बैंक (यूएस फेड) ले नीति दर २५ आधार विन्दु वा ०.२५ प्रतिशतले बढाएको हो। पछिल्लो वृद्धिपछि अमेरिकामा ब्याजदरको बेन्चमार्क ५.२५ देखि ५.५० प्रतिशतको दायरामा पुगेको छ। यो स्तर २२ वर्षअघि अर्थात सन् २००१ बराबर पुगेको हो।

दुई दिने बैठकमा भएका निर्णयहरुबारे जानकारी दिँदै अमेरिकी फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले अमेरिकाको मुद्रास्फीति पूर्वनिर्धारित २ प्रतिशतभन्दा तल नआएसम्म ब्याजदर बढाउने बताए। अमेरिकामा बेन्चमार्क ब्याज दर रातारात ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको स्तरमा पुगेको छ। नीति दरको यो स्तर अन्तिम पटक २००७ हाउसिङ मार्केट क्रयास हुनुअघि देखिएको थियो।

यसअघि सन् २०२३ को मार्च र मे महिनामा पनि बैंकिङ संकटका बीच अमेरिकी संघीय सरकारले ब्याजदर २५ आधार विन्दुले बढाएको थियो, यी दरहरु जुनमा भने स्थिर राखिएको थियो।

अमेरिकाको यस कदमले विश्व सेयर बजारमा उथलपुथल ल्याउने सम्भावना देखिन्छ।

 

 

Comments

Back to top