रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएका र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी उक्त एसईई परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय र सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा एक हजार पाँच सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा गएर उल्लेखित QR code  मा scan गरी फारम भर्ने र आवेदकको फारम बुझाउन सक्नेछन्। फारम बुझाउने अन्तिम साउन २१ गतेसम्म तोकिएको छ।

Comments

Back to top