ट्विटरको नाम र लोगो परिवर्तन, नयाँ नाम 'एक्स डट कम'

माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ‘ट्विटर’को नाम तथा लोगो फेरिएको छ । कम्पनीका मालिक एलन मस्कले ट्विटरको नाम तथा लोगो पनि फेरिएको जानकारी दिएका छन् । अब ट्विटरलाई ‘एक्स डट कम’ नाम दिइएको छ भने यसको लोगोमा पनि अंग्रेजी अक्षर ‘एक्स’ राखिएको छ ।

कम्पनीले अब ‘एक्स डट कम’बाट पनि वेबसाइटमा जान सक्ने र ट्विटर प्रयोग गर्न सकिने जनाएको छ । नाम र लोगो फेरिएसँगै अब यसलाई यस्तो सामाजिक सञ्जालको रुपमा रुपान्तरण गर्ने बताइएको छ, जसमा भुक्तानीदेखि बैकिङसम्मका सुविधाहरु हुनेछन् ।

ट्विटरकी सिईओ लिण्डा याकारिनोले अब नयाँ अवतारमा आएको ट्विटरले मानिसलाई उनीहरुले कल्पना गरेको रुपमा कनेक्ट गर्ने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘एआईसहितको ‘एक्स’ले हामीलाई ती तरिकाले एकअर्कासँग सम्बन्धित बनाउनेछ, जसको अहिले कल्पना मात्रै गर्न सुरु भएको छ ।’

Comments

Back to top