सम्बन्ध सुधार्न अमेरिकासँग वार्ता गर्न चीन तयार छः चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई आफ्नो देश अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले ५० वर्ष अघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरेर गरेको सम्बन्धलाई सुधार्नका लागि सहयोग गर्न दिग्गज अमेरिकी कूटनीतिज्ञलाई आग्रहसमेत गरेका छन् ।

किसिङ्गर अहिले बेइजिङ भ्रमणमा छन् । यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनको भ्रमणपछि उनी यहाँ आएका हुन् । यस बाहेक वासिङ्टनका उच्च जलवायु दूत जोन केरीले पनि सम्बन्ध सुधार्न चीनको भ्रमण गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै वर्तमान राष्ट्रपति जो बाइडेनले पनि चीन विरुद्ध कडा नीतिहरू अपनाएका छन्, जसमा व्यापार र प्रविधि प्रतिबन्ध लगाउनुका साथै क्वाड र अकस जस्ता प्रभावशाली रणनीतिक समूहहरू गठन गर्ने समावेश छ। क्वाड अमेरिका, भारत, जापान र अष्ट्रेलिया समावेश छन् भने अकसमा अष्ट्रेलिया, अमेरिका र बेलायत समावेश छन्। 

यसबारे टिप्पणी गर्दै चीनले यी समूहहरूको उदेश्य आफ्नो उदय रोक्नु रहेको बताएको छ । जसका कारण दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको छ ।

किसिङ्गरसँगको भेटमा जिनपिङले ५२ वर्षअघि चीन–अमेरिका सम्बन्धको नयाँ मोडमा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्से तुङ, प्रधानमन्त्री झोउ एनलाई, अमेरिकी राष्ट्रपति निक्सन र किसिङ्गरले उल्लेखनीय रणनीतिक दृष्टिकोणका साथ चीन र अमेरिकाले बीचमा सहयोगको सही विकल्प रोजेको थियो 

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति जिनफिङले चीन र अमेरिकाले एकअर्काको सफलतालाई समर्थन गर्ने र साझा समृद्धि हासिल गर्ने हरेक कारण रहेको कुरा औंल्याएका छन । उनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र हितकारी साझेदारीको सिद्धान्तलाई अवलम्बन गर्न महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘यसका आधारमा चीन दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि अमेरिकासँग छलफल गर्न तयार छ । यो दुबै पक्षका लागि साथै सम्पूर्ण विश्वको लागि फाइदाजनक हुनेछ।’

सीले आशा व्यक्त गरे कि किसिन्जर र वाशिंगटनका अन्य नेताहरूले चीन अमेरिका सम्बन्धलाई ट्रयाकमा ल्याउन रचनात्मक भूमिका खेल्न जारी राख्ने छन्। किसिङ्गरसँग सी जिनपिङको भेट हुनु अघि चीनका उच्च कूटनीतिज्ञ वाङ यी र चिनियाँ रक्षामन्त्री जनरल ली साङ्फुले पूर्व अमेरिकी विदेशमन्त्रीसँग पनि भेट गरेका थिए।

Comments

Back to top