थाइ सुधारवादी नेता पितालाई सांसदबाट निलम्बन, प्रधानमन्त्री बन्ने सपना अधुरै

थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास बुधबार समाप्त भएको छ ।

बयालीस वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा संसदबाट निलम्बित गरिएको थियो । उनलाई निलम्बन गरेपछि सांसदहरूलाई उनलाई दोस्रो मतदानको लागि विचार गर्न सकिने वा नसकिने पक्षमा गरेको मतदानमा उनलाई दोस्रो प्रयास गर्न नदिने पक्षमा बहुमत आएको थियो । यससँगै उनको सरकार हाँक्ने अभियान तत्कालका लागि अन्त्य भएको देखिन्छ ।

थाइल्याण्डको संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसदबाट पूर्णरुपमा अयोग्य ठह¥याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उनलाई निलम्बन गरिएको हो । थाइल्याण्डको संविधानअनुसार सांसदहरूलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि उनको शेयर रहेको भनिएको टेलिभिजन स्टेसनले सन् २००७ देखि प्रसारण सेवा बन्द गरेको छ।

 

 

 

Comments

Back to top