ट्विटरले विज्ञापन आयको आधा हिस्सा गुमायो

सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले गत अक्टोबरयता आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाएको छ । एलन मस्कले आफूले ४४ अर्ब डलरमा ट्विटर किनेपछि विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाएको बताएका छन् ।

विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण अझै पनि नकारात्मक नगद प्रवाहमा रहेको मस्कले ट्विट गरेका छन्।

‘इन्साइडर इन्टेलिजेन्स’का अनुसार ट्विटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ । जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो ।

मस्कले ट्विटरमा कब्जा जमाएपछि गरेका परिवर्तनहरूले प्रयोगकर्ता र विज्ञापनदाताहरूलाई समान रूपमा बन्द गरिदिएको छ । मस्कले तथ्यांक चोरीको चरम स्तरलाई सम्बोधन गर्न भन्दै यस महिनाको सुरुमा ट्विटरको प्रमाणित अकाउन्टहरूबाट एक दिनमा १० हजार ट्विटहरू पढ्नको लागि सीमित अनुमति दिने घोषणा गरेका थिए ।

उनले निःशुल्क खाता प्रयोग गर्नेहरुले प्रति दिन एक हजार ट्विटहरु मात्र पढ्न सक्ने र नयाँ अपुष्ट अकाउन्ट भएका प्रयोगकर्ताले पाँच सय ट्विटहरू मात्र पढ्नसक्ने गरी सीमित गरिएको घोषणा गरेका थिए ।

 

Comments

Back to top