अष्ट्रेलियाको केन्द्रीय बैंकको गभर्नरमा पहिलो पटक महिला नियुक्त

अष्ट्रेलियाको केन्द्रीय बैंकको गभर्नरमा पहिलो पटक महिला नियुक्त भएकी छिन् । अर्थ मन्त्रालयले रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए)को गभर्नरमा मिशेल बुलुकलाई नियुक्त गरेको छ ।

बुलुक आरबीएको ६३ वर्षे इतिहासमा पहिलो महिला गभर्नर बनेकी छन् । यसअघि सन् २०२२ को अप्रिलयता उनी केन्द्रीय बैंकको डेपुटी गभर्नर थिइन् । उनी आरबीएकी नवौँ गभर्नर हुन् । सेप्टेम्बर १७ मा फिलिप लोवेले सातवर्षे कार्यकाल पूरा गरेपछि अर्थ मन्त्रालयले मिशेल बुलकलाई नियुक्त गरेको हो ।

बुलक करिब चार दशकपहिले केन्द्रीय बैंकमा विश्लेषकको रूपमा प्रवेश गरेकी थिइन् । उनी सन् २०२२ मा डेपुटी गभर्नरको रूपमा नियुक्त हुनुअघि सहायक गभर्नर र भुक्तानी नीति विभागको प्रमुखसहित वरिष्ठ व्यवस्थापन पदहरू सम्हालेकी थिइन् ।

 

Comments

Back to top