विद्युतीय कार र ब्याट्री उत्पादनका लागि बीवाइडीले भारतमा लगानी गर्ने

विद्युतीय कार र ब्याट्री उत्पादनका लागि विश्वव्यापी रूपमा चिनिने चिनियाँ कम्पनी बीवाइडीले भारतमा विद्युतीय सवारी र ब्याट्री उत्पादन गर्न १ अर्ब डलर लगानीको प्रस्ताव गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चीनको बीवाइडी कम्पनीले स्थानीय कम्पनीसँगको साझेदारीमा भारतमा विद्युतीय सवारी साधन र ब्याट्री बनाउन १ अर्ब डलरको लगानी प्रस्ताव पेश गरेको हो ।

दीर्घकालीन योजनाअन्तर्गत बीवाइडीले ह्याचब्याकदेखि लक्जरी मोडलसम्मको सम्पूर्ण सवारी साधन तथा ब्याट्री भारतमा ल्याउने प्रयास गरिरहेको छ ।

बीवाइडी विद्युतीय गाडी र प्लग–इन हाइब्रिड साधनहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक कम्पनी बनेको छ । सोही बीवाइडी कम्पनीले विश्वभर आफ्नो बजार विस्तार गर्नका लागि भारतमा उत्पादन गर्न उद्योग स्थापना गर्ने योजना बनाएको हो ।

Comments

Back to top