सन् २०३० भित्र विश्वका दुई दर्जन केन्द्रीय बैंकहरू डिजिटल मुद्रा चलनचल्तीमा ल्याउने तयारीमा

‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट (बीआईएस)’ले सन् २०३० भित्र विश्वका दुई दर्जन केन्द्रीय बैंकहरूले डिजिटल मुद्रा चलनचल्तीमा ल्याउने एक प्रतिवेदन सार्वजनिक गर्दै बताएको छ ।

सन् २०३० भित्र विश्वका २४ उदीयमान र विकसित देशका केन्द्रीय बैंकहरूले डिजिटल मुद्रा ल्याउने तयारी गरिरहेका बीआईएसको सर्वेक्षणले देखाएको हो ।

अहिले विश्वमा विभिन्न क्रिप्टोकरेन्सीको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकहरू पनि डिजिटल करेन्सी ल्याउन दबाबमा छन् । केन्द्रीय बैंकहरूले खुद्रा कारोबारमा डिजिटल भुक्तानीको प्रयोग बढिरहेको बेला निजी क्रिप्टोकरेन्सीहरूले चुनौती दिएपछि केन्द्रीय बैंकहरू आफैँ डिजिटल मुद्रा ल्याउने तयारीमा लागेका हुन् ।

Comments

Back to top