च्याट जीपीटीलाई टक्कर दिने एआई कम्पनी एलन मस्कले खोल्दै!

 विश्वका नम्बर एक धनाढ्य एलन मस्कले च्याट जीपीटीलाई चुनौति दिन नयाँ कम्पनी सुरु गरेको घोषणा गरेका छन् ।

टेस्ला, स्पेस एक्सका र ट्विटरका मालिका मस्कले ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने लक्ष्यका साथ एक्सएआई नामको कम्पनी सुरु गरेका हुन् ।

मस्क र उनको टिमले शुक्रबार ट्विटर स्पेस च्याट मार्फत कम्पनीको बारेमा विस्तृत जानकारी दिने बताएका छन् । एक्स एआईको टिममा डिपमाइन्ड, ओपन एआई, गुगल रिसर्च, माइक्रोसफ्ट र टेस्लामा काम गरिसकेका व्यक्तिहरु संलग्न रहेको पनि मस्कले बताएका छन् ।

यो कम्पनी मस्कको एक्सकर्प भन्दा फरक रहे पनि यसले ट्विटर, टेस्ला र अन्य कम्पनीहरुसँग मिलेर काम गर्नेछ । यो कम्पनीले च्याटजीपीटी जस्ता आर्टिफिसियल इन्टेलीजेन्सहरुलाई टक्कर दिने छ ।

Comments

Back to top