भारतीय शेयर बजार हालसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम गर्दै

भारतीय शेयर बजार हालसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको क्रममा सेन्सेक्सले ६५,६८४ र निफ्टिले १९,४७० विन्दु छोएकाे थियाे। यसअघि सेन्सेक्स ५५ अंकले घटेर ६५,३९१ को स्तरमा खुलेकाे थियाे।

योसँगै निफ्टी पनि १३ अंकले घटेर १९,३८५ को स्तरमा खुलेकाे थियाे । बिहीबार डलरको तुलनामा भारतीय रुपैयाँ १५ पैसा कमजोर रहेकाे छ। यस दिन भारतमा एक डलर बराबर ८२.३७ रूपैयाँ पर्ने भएकाे छ ।

यतिबेला सेन्सेक्स ६५,६३९ विन्दुमा काराेबार भइरहेकाे छ । याे समाचार तयार पार्दासम्म निफ्टि भने १९,४५६ विन्दुमा रहेकाे छ ।

 

Comments

Back to top