लिङ्कडइनले हटायो स्पेस एक्सका १४ वर्षीय इन्जिनियरको अकाउन्ट

स्पेस एक्स एलन मस्कको कम्पनीका नयाँ इन्जिनियर कैरन क्वाजीको लिङ्कडइन अकाउन्ट डिलिट भएको छ। १६ वर्ष नपुगेको भन्दै कम्पनीले १४ वर्षीय सफ्टवेयर इन्जिनियर क्वाजीको अकाउन्ट हटाएको हो ।

क्वाजीले हालै लिङ्कडिनमा एक पोस्ट राख्दै आफू स्पेस एक्समा सफ्टवेयर इन्जिनियरका रूपमा आवद्ध भएको जानकारी दिएका थिए । त्यसपछि चौतर्फी चर्चा पाएका क्वाजीको अकाउन्ट एक सातामै कम्पनीले हटाइदिएको छ। इन्स्टाग्राममा पोस्ट राख्दै क्वाजीले अकाउन्ट डिलिट गरिएको विषयमा जानकारी दिएका छन् । 

उमेरको हिसाबले योग्य नभएका कारण उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएको र उमेर पुगेपछि लिङ्कडइनमा पुन: स्वागत गर्ने कम्पनीले सूचना मार्फत उनलाई जानकारी दिएको छ। यसको साथै कम्पनीले उनको प्रिमियम सदस्यता पनि रद्द गरेको छ । 

Comments

Back to top