ट्विटरले ह्यान्डलमार्फत क्यारेक्टर लिमिट बढायो !

माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले क्यारेक्टर लिमिट बढाएर २५ हजार पुर्याएको छ। 

कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत क्यारेक्टर लिमिट बढाइएको जानकारी गराएको हो। यसका साथै प्रयोगकर्ताले अब क्यारेक्टरसँग इमेज पनि राख्न सक्नेछ। 

ट्विटरले यी सुविधाको फाइदा ब्लु सब्सक्रिप्शन योजना लिने प्रयोगकर्तालाई मात्र उपलब्ध हुने जनाएको छ। कम्पनीका मालिक एलन मस्कले यसबारे ट्विट गर्दै भनेका छन्, ‘लङ फर्म पोस्टमा सुधार गरिएको छ।’ 

यसअघि गत अप्रिल १४ मा कम्पनीले ब्लु सब्सक्राइबर्सका लािग क्यारेक्टर लिमिट २८० बाट बढाएर १० हजार पुर्याएको थियो। अब ट्विटरमा बोल्ड र इटालिकजस्ता टेक्स्ट फर्म्याटको पनि प्रयोग गर्न सकिनेछ। –एजेन्सी

Comments

Back to top