करिब १९० डलर पुग्याे एप्पलकाे शेयर रेकर्ड

अमेरिकाकाे बहुराष्ट्रिय टेक कम्पनी एप्पलको शेयर रेकर्डस्तरकाे उचाइमा पुगेको छ । बुधबार २८ जुनमा एप्पलको शेयर १.१९ डलर अथवा ०.६३ प्रतिशतले बढेर १८९.२५ डलरमा पुग्याे। यो सँगै एप्पलको बजार पूँजीकरण पनि करिब ३ ट्रिलियन डलर (२.९८ ट्रिलियन डलर) पुगेको छ ।

रिफाइनिटिभ डाटाका अनुसार,यो एप्पलकाे शेयरले लगातार दोस्रो पटक रेकर्ड उच्च स्तर छाेएकाे हो। हालसम्म एप्पलले ३ ट्रिलियन डलरभन्दा बढीको बजार पुँजीका साथ काराेबार बन्द गरेको छैन। २०२२ जनवरी ३ मा एप्पलको बजार पूँजीकरण इन्ट्रा-डे ट्रेडिङमा ३ ट्रिलियनभन्दा बढी पुगेकाे थियाे र ट्रेडिङ सत्र बन्द हुँदा त्यो स्तरभन्दा तल झरेकाे थियाे।

जुन ५ मा, एप्पलले संसारको सबैभन्दा महँगो मिक्स्ड रियालिटी हेडसेट 'एप्पल भिजन प्रो' सार्वजनिक गर्‍यो, जसको अनुमानित मूल्य तीन हजार ४९९ डलर लाख रूपैयाँ रहेकाे छ। त्यसपछि एप्पलले आफ्नो वार्षिक डेभलपर्स सम्मेलन -WWDC23 मा हेडसेट बाहेक अन्य धेरै उत्पादनहरू लन्च गरेकाे थियाे। यसपछि एप्पलको शेयरमा उछाल आएको हाे ।

एप्पलले मे महिनामा आफ्नो त्रैमासिक रिपोर्ट पनि सार्वजनिक गरेकाे थियाे । कम्पनीले आफ्नो आम्दानी र नाफा घटेको बताए पनि विश्लेषकको अपेक्षाभन्दा यो नतिजा राम्रो रहेको बताइएको छ । कम्पनीको वित्तीय नतिजा र स्टक बायब्याकको एक स्टेडी ट्र्याक रेकर्डले विश्वव्यापी आर्थिक अनिश्चितताको समयमा लगानीकर्ताहरूका बीचमा सुरक्षित लगानीकाे विकल्पका रूपमा यसको छविलाई बलियो बनाएको छ।

एप्पलको शेयरमा भर्खरैको र्यालीले कम्पनीको भविष्यको आयको लागि विश्लेषकहरूको अनुमानलाई पछि पारेको छ। रिफाइनिटिव डाटाका अनुसार, अहिले एप्पलको शेयर अनुमानित आम्दानीको २९ गुणा बढिमा काराेबार भइरहेको छ, जुन फेब्रुअरी २०२२ पछिको उच्च हो।

एजेन्सी

Comments

Back to top