१५ अर्ब अमेरिकी डलर अमेजनले भारतमा थप लगानी गर्ने!

 ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी शनिबार मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको र भारतमा उपकरण आपूर्तिको क्षेत्रमा अमेजनसँग थप सहकार्यको सम्भाव्यताबारे पनि छलफल भएको जनाएको छ ।

प्रधानमन्त्री मोदीले भारतमा सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई)को डिजिटाइजेसनलाई बढावा दिने अमेजनको पहलको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

Comments

Back to top