लुम्बिनीमा मन्त्रालयको नाम परिवर्तन, अब गृह र अर्थ मन्त्रालय हुने

लुम्बिनीमा दुई मन्त्रालयको नाम परिवर्तन गरिएको छ । 

लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरी नयाँ नाम कायम गरेको हो ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर संघीय सरकारको झल्को दिने गरी नाम परिवर्तन गरिएको हो । 

जसअनुसार आन्तरिक मामिलालाई गृह मन्त्रालय तथा आर्थिक मामिलालाई अर्थ मन्त्रालय बनाईएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

Comments

Back to top