सामाजिक सञ्जाल लिंक्डइन भयो नेपालमा दर्ता!

विभिन्न पेशाकर्मीहरूका लागि उपयोगी सामाजिक सञ्जाल लिंक्डइन समेत नेपालमा दर्ता भएको छ । विश्व प्रतिष्ठित बहुराष्ट्रिय आईटी कम्पनी गुगलपछि नेपालमा डिजिटल सेवा कर (डीएसटी) तिर्नेगरी माइक्रोसफ्ट अन्तर्गतको लिंक्डइन समेत दर्ता भएको हो । 

केही साता अघि मात्र लिंक्डइन कर कार्यालयमा दर्ता भएको आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजु प्याकुरेलले जानकारी दिए । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा त्यसको कारोबारमा दुई प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ । यद्यपि कम्पनीले नेपालमै कार्यालय खोल्ने विषय भने स्पष्ट भइसकेको छैन । 

गत वैशाखमा गुगल नेपालमा कर तिर्नेगरी दर्ता भएको  थियो । लिंक्डइन पेशाकर्मीहरूका लागि पेशागत अनुभव, शैक्षिक योग्यता, सम्बन्धित पेसाकर्मीहरूको सञ्जाल मात्र नभएर रोजगारी खोज्न तथा उपलब्ध गराउने प्रयोजनका लागि समेत लोकप्रिय छ । 

Comments

Back to top