बजेट पारित गर्न कांग्रेस र माओवादीको ह्विप, अन्य दलले बैठक पछि धारणा बनाउँदै

बजेट प्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ । 

प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो । 

जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टी जनाउँदै आएका छन् । उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए । 

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधबार बिहान बस्ने बैठक पछि मात्रै धारणा बनाउने जानकारी दिए । 

बुधबारकाे बैठकवाट बजेट पारित गर्ने तयारी सरकारले गरेकाे छ । 

Comments

Back to top