अमेरिकी बजार नियामकले अडानी ग्रुपबारे अनुसन्धान गर्दै

भारतीय सेयर बजारमा आज भारी गिरावट आइरहेको छ। 

सेन्सेक्समा करिब २०० अंकको गिरावट आएको छ। यद्यपि सेन्सेक्स ६३००० माथि नै कारोबार भइरहेको छ। सेन्सेक्सका ३० सेयरमध्ये २३ वटामा गिरावट आएको छ भने ७ वटामा बढोत्तरी भइरहेको छ। 

निफ्टीमा पनि ८० अंकको गिरावट आएको छ। निफ्टी अहिले १८७००को स्तरमा कारोबार भइरहेको छ।  निफ्टीमा बैंक, फाइनान्सियल, अटो, मेटल फर्मालगायतका हरेक इन्डेक्स राताम्मे भएका छन्। मेटल इन्डेक्समा सबैभन्दा बढी गिरावट आएको छ। 

अमेरिकी फर्म हिन्डनबर्ग रिसर्चको स्टक म्यानुपुलेसन तथा अकाउन्टिङ फ्रडको आरोपहरुपछि अडानी ग्रुपले इन्भेस्टर्स रोडशो आयोजना गरेको थियो। यस क्रममा कम्पनीले लगानीकर्ताहरुसँग छलफल पनि गरेको थियो। 

ब्लुमबर्गको रिपोर्टअनुसार अब अमेरिकी नियामक सिक्योरिटिज एन्ड एक्सचेन्ज कमिसनले यस विषयमा अनुसन्धान गरिरहेको छ। अटोर्नी अफिसले अडानी ग्रुपको ठूलो सेयरहोल्डर्ससँग अडानी ग्रुपसँगको छलफलका बारेमा सोधपुछ गरेको छ। 

अडानी ग्रुपका विषयमा भइरहेको अनुसन्धानले पनि भारतीय सेयर बजार प्रभावित भएको जानकारहरु बताउँछन्। –एजेन्सी

Comments

Back to top