नेको इन्स्योरेन्सले माग्यो निम्न पदमा कर्मचारी
नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखाका लागि सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको लागि आवेदन खुलाएको छ ।
कम्पनीले देशको विभिन्न भागमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ । यसैगरी काठमाडौं उपत्यकाभित्र रहेको आफ्नो ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र बरिष्ठ अधिकृतको माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना जारी भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
Comments