बीबीसीले आम्दानीमा ४० करोड लुकाएको स्वीकार्यो!

बेलायतको राष्ट्रिय प्रसारणकर्ता ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबिसी)ले भारतमा कर छली गरेको स्वीकारेको छ । भारतको आयकर विभागल बीबीको विभिन्न शाखाहरुमा छापा मारी गर्दै आइरहेको अनुसन्धानबाट कल छली गरेको पुष्टी भएपछि बीबीसीले कर छली गरेको स्वीकार गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बीबीसीले लामो समयदेखि आफ्नो दायित्वभन्दा कम कर तिर्दै आएको थियो । कम राजस्व तिर्नका लागि बीबीसीले आयकर विभागमा वास्तविकभन्दा कम आम्दानी देखाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार बीबीसीले वास्तविक आम्दानीभन्दा करिब ४८ लाख डलर अर्थात ४० करोड भारतीय रुपैयाँ कम देखाएको हो । योसँगै अब बीबीसीले संशोधित कर विवरण बुझाउनुपर्नेछ भने थप कर र जरिवाना पनि तिर्नुपर्नेछ ।

गत अप्रिलमा भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले बीबीसी इन्डियाले विदेशी मुद्रासँग सम्बन्धित नियमहरुको उल्लंघन गरेको आरोप मुद्धा दायर गरेको थियो । सोही बेला गरिएको अनुसन्धानका क्रममा बीबीसी इन्डियाले लगानी अनियमितता गरेको आरोप लागेको थियो ।

Comments

Back to top