नाइजेरियाका गभर्नरको निलम्बनसँगै सेयर बजारमा उछाल !

अफ्रिकी राष्ट्र नाइजेरियाको केन्द्रीय बैंकका गभर्नर निलम्बनमा परेपछि सेयर बजारमा उछाल आएको छ । गभर्नर गडविन इमेफिल मंगलबार निलम्बनमा परेपछि त्यहाँको सेयर बजारमा एकै दिन २ प्रतिशतको बढोत्तरी भएको हो ।

नाइजेरियाका राष्ट्रपति टिनुबुले गभर्नर गडविन निलम्बनलाई निलम्बन गरेका हुन् । गभर्नर गडविन राष्ट्रिय मुद्रा ‘नाइरा’लाई बलियो बनाउने भन्दै विनिमय दरमा धेरै हेरफेर गरेपछि निलम्बनमा परेका हुन् । गभर्नरको निलम्बनसँगै नाइजेरियाको सेयर बजार सूचक ‘अल सेयर इन्डेक्स’ १,२९३.३५ अंकले बढेर ५७,२१४ विन्दुमा पुगेको छ ।

डलरको चरम अभाव भोगिरहेको नाइजेरियामा गभर्नर गडविनको नाइरा बलियो बनाउने प्रयास असफल भएको थियो । निलम्बित गभर्नरलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको छ ।

Comments

Back to top