५०० विमान अर्डर गरेर इन्डिगोले रच्यो इतिहास !

भारतीय एयरलाइन्स इन्डिगोले एयरबससँग ५०० वटा विमान खरिद गर्न सम्झौता गरेको छ। पेरिसमा चलिरहेको एयर शोका क्रममा सोमबार यो कीर्तिमानी सम्झौताको घोषणा गरिएको हो। 

यो वर्षको सुरुमा अर्को भारतीय एयरलाइन्स टाटाले ४७० एयरबस र बोइङ विमान किनेको भन्दा ठूलो सम्झौता हो।

इन्डिगो भारतको शीर्ष कम लागतको एयरलाइन हो र यसले यो ठूलो सम्झौताका लागि ५५ अर्ब डलर खर्च गर्नेछ। 

यसअघि टाटाले बोइङ र एयरबस विमान निर्माता कम्पनीसँग ४७० यात्रुवाहक विमान खरिद गर्न सम्झौता गरेको थियो। यो सम्झौतामा पनि एसिया, अमेरिका र युरोपमा पनि खुसी व्यक्त गरिएको थियो। 

फेरि भारतको उड्डयन उद्योगले अहिलेसम्मकै सबैभन्दा ठूलो विमान सम्झौताको साथ उच्च उडान गरेको छ। यी सबै जहाज सन् २०३० र २०३५ को बीचमा डेलिभरी हुनेछन्।

Comments

Back to top